विश्व जैविक विविधता दिवस-२०८२ को अवसरमा वन निर्देशनालय, वाग्मती प्रदेश, हेटौँडाले आयोजना गरेको चित्तल संरक्षणको लागि सरसफाई अभियान सम्पन्न
World Biodiversity Day-2082, the cleaning campaign organized
विश्व जैविक विविधता दिवस-२०८२ को अवसरमा वन निर्देशनालय, वाग्मती प्रदेश, हेटौँडाले आयोजना गरेको चित्तल संरक्षणको लागि सरसफाई अभियान सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय, वनविज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसको प्राकृतिक वनमा रहेको चित्तल प्रजातिका स्तनधारी जनावरको संरक्षणको लागि प्लाष्टिक प्रदुषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसको स्व.वि.यु. को समेत सहकार्य रहेको कार्यक्रममा वन निर्देशनालय, डिभिजन वन कार्यालय, मकवानपुर, नेपाल वन प्राविधिक संघ, वागमती प्रदेश कार्यसमितिका पदाधिकारी समेत क्याम्पसका विद्यार्थीहरूको सहभागितामा संचालित कार्यक्रममा १० झोला फोहोर संकलन गरिएको थियो ।
कार्यक्रममा प्रदेश वन निर्देशक श्री विद्यानाथ झा, संस्थानका सहायक डिन डा. श्री विक्रम मानन्धर, सहायक क्याम्पस प्रमुख श्री राजेश सिग्देल, डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत श्री राकेश चन्द्रवंशी, संस्थानका प्राद्यापक डा. श्री योगेन्द्र यादब समेतको सहभागिता रहेको थियो ।
यस वर्षको विश्व जैविक विविधता दिवसको नारा दिगो बिकासको लागि प्रकृतिसंग सौहार्द्रता भन्ने रहेको छ ।