यस वन निर्देशनालयबाट जैविक विविधता संरक्षण तथा वातावरण शाखा, वन व्यवस्थापन तथा सूचना शाखा, योजना तथा अनुगमन शाखा, जलाधार व्वस्थापन तथा समन्वय शाखा, वन पैदावार सदुपयोग तथा वन उद्यम शाखा र कर्मचारी तथा आर्थिक प्रशासन शाखाहरु मार्फत देहाय बमोजिम सेवाहरु प्रदान गरिनेछ:-
प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना कार्यान्वयन तथा नियमन,
वन्यजन्तु तथा वन पैदावार ओसारपसार सम्बन्धी नियमन तथा अपराध नियन्त्रण,
जडीबुटी खेती प्रवर्द्धन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानून कार्यान्वयन र नियमन, अध्ययन अनुसन्धान तथा तथ्याङ्क सङ्कलन,
वन तथा वातावरण सम्बन्धी प्राविधिक सूचना तथा सेवा प्रवाह
वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति, समन्वय तथा सहयोग,
प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थापन तथा संरक्षण,
प्रदेशस्तरमा जलाधार संरक्षण तथा जल उपयोग नीति कार्यान्वयन तथा नियमन,
प्रदेशभित्रका भू-स्खलन नियन्त्रण,
प्रदेशस्तरमा वातावरण सम्बन्धी नीति तथा कानून कार्यान्वयन,
प्रदेशस्तरमा प्रदूषण सम्बन्धी मापदण्ड कार्यान्वयन, अनुगमन तथा नियन्त्रण,
प्रदेश भित्रको वातावरणीय क्षेत्रको अध्ययन अनुसन्धान क्षमता अभिवृद्धि,
भू-परिधि क्षेत्रको व्यवस्थापन तथा संरक्षण,
वृक्षरोपणको लागि दिगो तथा गुणस्तरीय बिउ उत्पादन, बिउ बगैंचा व्यवस्थापन तथा नियमन
वृक्षरोपण तथा सम्भार सम्बन्धी नीति तथा कानून कार्यान्वयन र नियमन,
वन्यजन्तु सम्बन्धीप्रादेशिक कानून कार्यान्वयन र नियमन,
प्रदेशस्तरमा न्यून कार्बन सम्बन्धी तथा वातावरण मैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्द्धन
जलवायु परिवर्तन सम्बन्धी,
वन क्षेत्रको जग्गा अन्य प्रयोजनको लागि भोगाधिकारको अनुगमन निरीक्षण,
छपान निरीक्षण, घाटगद्दी निरीक्षण तथा प्लट Clearance सम्बन्धी,
प्रचलित कानून बमोजिमका अन्य कार्यहरू,
मन्त्रालयबाट सम्पादन हुने नीति तथा कानूनको तर्जुमा गर्दा आवश्यक प्राविधिक सहयोग,