logo/Flag of Nepal_ssoylze.gif

महत्त्वपूर्ण सूचना

logo/Flag of Nepal_ssoylze.gif

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व अष्टमी - ८

वन निर्देशनालय, बागमती प्रदेशको परिचय

वन निर्देशनालयको परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान (बि.सं. 2072) बमोजिम राज्य सञ्चालन संघ, प्रदेश र स्थानीय तहबाट हुनेगरी राज्यशक्तिको बाँडफाँड भए अनुसार राज्यको पुनर्संरचना भएकोले बागमती (तत्कालीन ३ नं. प्रदेश) प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालय (तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) स्थापना भए पश्चात उक्त मन्त्रालय मातहत हुनेगरी वन निर्देशनालय, बागमती, हेटौँडाको स्थापना भएको हो ।

डिभिजन वन कार्यालयहरू र भू तथा जलाधार व्यवस्थापन कार्यालयहरूसँग समन्वयकारी र नियामक भूमिका निर्वाह गर्ने तथा अनुगमन गरी पृष्ठपोषण प्रदान गर्ने यस वन निर्देशनालयको मुख्य उद्देश्य हो ।

बागमती प्रदेश, वन तथा वातावरण मन्त्रालय मातहत रहने निकायहरूको बिस्तृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८० को दफा २.२ अनुसार यस वन निर्देशनालय मातहत रहने गरी जैविक विविधता संरक्षण तथा वातावरण शाखा, वन व्यवस्थापन तथा सूचना शाखा, योजना तथा अनुगमन शाखा, जलाधार व्यवस्थापन तथा समन्वय शाखा, वन पैदावार सदुपयोग तथा वन उद्यम बिकास शाखा र कर्मचारी तथा आर्थिक प्रशासन गरी कूल ६ (छ) शाखा अन्तर्गत कर्मचारी दरवन्दी संख्या २७ (सत्ताईस) रहेको छ ।

बागमती प्रदेश अन्तर्गत यस वन निर्देशनालय मातहत १३ जिल्लाहरूमा गरी १५ वटा डिभिजन वन कार्यालय र ७ भू तथा जलाधार व्यवस्थापन कार्यालयहरू सञ्चालनमा रही नागरिकहरूलाई सेवा प्रदान गरिरहेका छन् ।